शशांक कोइरालाको प्रस्ताव: निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

शशांक कोइरालाको प्रस्ताव: निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले निर्वाचनमा पार्टी एक्लै जानुपर्ने बताएका छन्।

निर्वाचनमा गठबन्धनसहित जाँदा पार्टी कमजोर हुने उनले बताए। कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कोइरालाले त्यहाँ उपस्थित सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

निर्वाचनमा एक्लै जानुपर्छ भन्ने आफ्नो धारणा रहेको सुनाउँदै कोइरालाले यस विषयमा पार्टीले औपचारिक निणर्य भने गर्न बाँकी रहेको बताएका छन्।