गगनलाई उछिनेर शशांक बने ‘म्यान अफ दी इलेक्सन’ - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

गगनलाई उछिनेर शशांक बने ‘म्यान अफ दी इलेक्सन’



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् । सुरुवातमा सभापतिमै लड्ने भन्दै लागेका कोइराला अन्तिम समयमा ब्याक भएका थिए ।

कोइरालाले केन्द्रीय सदस्यमा सबैभन्दा लोकप्रिय मत पाएका हुन् । उनले ३ हजार ८ सय ३६ मत ल्याए । यसअघि महामन्त्रीमा सबैभन्दा धेरै मत गगन थापाले ल्याएका थिए । कोइरालाले गगनलाई समेत निकै पछि छाडेर अत्यधिक मत ल्याएका छन्।

यो महाधिवेशनमा ३ हजार ८ सय ३६ मत अत्याधि मत हो । जुन कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो । यसअघि नै घोषित परिणाममध्ये महामन्त्रीमा गगन थापाबाहेक कसैले पनि ३ हजार मत कटाउन सकेका छैनन् । गगनले ३ हजार २३ मत ल्याए । यो हिसाबले शशांक १४ औं महाधिवेशनको ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् ।

देउवा र शेखर दुवै प्यानलको लिस्टमा कोइरालाको नाम समावेश गरिएको थियो । उनले सुरुमा शेखरलाई सघाउने भनेपनि अन्तिममा देउवासंग मिलेका थिए ।