एसइईमा शार्थक मल्लले नेपाल टप गरेको दाबी - Himal Post Himal Post
  • २२ मंसिर २०८१, शनिबार
  •      Sat Dec 7 2024
Logo

एसइईमा शार्थक मल्लले नेपाल टप गरेको दाबी



एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा नियन्त्रण कार्यालयले हिंजो शनिवार मात्र सार्वजनिक गरेको छ । हरेक वर्ष सबै भन्दा बढी अंक ल्याउनेलाई नेपाल प्रथम घोषणा गर्ने चलन छ ।

यस वर्षको एसइई परीक्षामा भक्तपुरको महेन्द्र विद्या आश्रमका छात्र सार्थक मल्लले देशभरबाटै सबै भन्दा बढी अंक ल्याएको दावी गरिएको छ । परिक्षा नियन्त्रण कार्यालयले भने यसको आधिकारिकता सार्वजनिक गरेको छैन ।

सबै भन्दा राम्रो नतिजा ल्याउनेलाई नेपाल टप भन्ने गरिन्छ ।

भक्तपुरको सूर्यविनायकस्थित महेन्द्र विद्या आश्रमबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएको प्रधानाध्यापक अनिल श्रेष्ठले दावी गरेका छन् ।

जिपिए ४ ल्याउने मल्ल नै देशव्यापी रुपमा पहिलो भएको उनले दावी गरेका हुन्  ।