पूर्वमन्त्री तथा कांग्रेस नेता शर्माको निधन - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

पूर्वमन्त्री तथा कांग्रेस नेता शर्माको निधन



काठमाडौं- पूर्वमन्त्री एवं कांग्रेस नेता कुबेर शर्माको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको छ।

पूर्वमन्त्री शर्मा केही समयदेखि अस्वस्थ थिए। अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए।

उनी २०५९ सालमा पर्यटनमन्त्री भएका थिए। पूर्वमन्त्री एवं पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए। पछिल्लो समय भने हरियाली पार्टी स्थापना गरेका थिए।

चार्टर्ड एकाउन्टेन्टका रूपमा पनि प्रख्यात शर्मा २०४८ सालमा सप्तरीबाट सांसद निर्वाचित भएका थिए।