जब श्रद्धा कपुरले प्रभाषलाई स्यालुट डार्लिङ भनेपछि ... - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

जब श्रद्धा कपुरले प्रभाषलाई स्यालुट डार्लिङ भनेपछि …



एजेन्सी – चलचित्र ‘बाहुबली’ बाट आफ्नो केज बढाउन सफल साउथ नायक प्रभाषलाई नायिका श्रद्धा कपुरले डार्लिङ भन्दै स्वागत गरेकी छन् ।

सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् ।

प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक पोस्ट मात्रै गर्दा पनि उनको इन्स्टा भेरिफाइ भइसकेको छ । प्रभाषलाई इन्स्टामा फलो गर्नेको संख्या पनि १४ लाख बढि पुगेको छ । उनलाई धेरै फ्यानहरुले इन्स्टाको दुनियामा स्वागत पनि गरेका छन् ।

त्यस्तै श्रद्धाले आफ्नो अफिसियल इन्स्टामा एक पोस्ट गर्दै उनलाई स्वागत गरेकी हुन् । उनले लेखेकी छिन्, ‘इन्स्टामा स्वागत छ । मैले तपाई जस्तो राम्रो र इमान्दार मान्छे देखेको छैन । स्यालुट, डार्लिङ ।’ फ्यानले मात्र हैन, प्रभाषलाई बलिउडका थुप्रै सेलिब्रेटीहरुले पनि स्वागत गरेका छन् ।