यातायात व्यवस्था मन्त्रीलाइ खुला पत्र - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यातायात व्यवस्था मन्त्रीलाइ खुला पत्र



माननीय मन्त्री  ज्यु

सादर नमस्कार

राष्ट्रको अत्यन्तै महत्वपुर्ण र संवेदनसिल घडीमा मन्त्री नियुक्त हुनुभएको छ | यहाँलाई परिणाममुखी तथा उत्कृष्ट कार्यकालको लागि शुभकामना व्यक्त गर्दै यातायात क्षेत्रमा आमजनताले जस्तै मैले  भोगेका र देखेकाकेहि सवालहरुतर्फ यहाँको ध्यानआकृष्ट गर्न चाहन्छु | कृपया यसलाई एक सचेत नागरिकको आवाजको रुपमासकारात्मक रुपमा लिनुहोला |

देशको अर्थतन्त्रलाइ सबलरुपमा उभिन टेवा पुर्याउने महत्वपुर्ण खम्बाहरुमध्ये यातायात क्षेत्रपनि एक हो |यहालाईथाहै छ कमजोर यातायात व्यबस्थापनको प्रभाव व्यापार, व्यवशाय,कृषि, पर्यटन, शिक्षा लगायात हरेक क्षेत्रमापर्दछ र यसले राष्ट्रको सम्वृद्धिका सम्पूर्ण सूचकहरुलाई ऋणात्मक बनाउने काम गर्दछ | त्यसैगरि गुणस्तरीयजीवनको एक अभिन्न अवयवको रुपमा रहेको यातायात क्षेत्रमा आउने ब्यबधानले हाम्रो जीवनका हरेक पाटालाइतहसनहस बनाउन सक्ने कुरा एक नगारिक तथा एक जिम्मेबार व्यक्तित्वको रुपमा यहाँले पनि पक्कै महसुसगर्नुभएको  छ |

सडक दुर्घटना नेपालमा नियमित आकस्मितता नै बनिसकेको छ |दिनहुँजसो घाइते र मृतकका बिभत्स अनिहृदयविदारक दृश्यहरु हेर्न हाम्रा आँखा अभ्यस्तजस्तै भैसकेका छन् |सडकको दुरावस्थाले गर्दा हामीले आत्मीयजनहरु गुमाउनुपर्दाको पीडा कति दर्दनाक हुन्छ यहालाई पक्कै  सम्झाई रहनुनपर्ला |शहरभित्र होस् वालामो दुरीमा होस् ट्राफिक जामले समयमा गन्तब्यमा पुग्न नसकिने समस्या नभोगेको सायदै कोहि होला |परिवारको कुनै सदस्य घरबाट यात्रामा निस्किएपछि घरकाअन्य सदस्य चैनसंग बस्न नसक्ने बिडम्बना तपाइँहामि सबैले भोग्दै आएका छौं | यिनै समस्या र बिडम्बनाहरु बीच धेरै यातायात मन्त्रि हरु नियुक्त हुने र जाने क्रमजारि छ |हामीलाई आशा छ यहाँ त्यसरी आउने र जानेहरुको भिडको एक पहिचानरहित अंश नबनेर साहसिक रउत्कृष्ट कार्यहरूद्वारा जनापेक्षाहरुको सम्बोधन गर्दै आफ्नो एक पृथक पहिचान स्थापना गर्न सफल हुनुहुनेछ |जीवनमा कति पटक कति समय के के मन्त्रि बन्नु भयो भन्दा पनि बनेको समयमा कति जीवन्त मन्त्रि बन्नुभयोभन्ने कुराले महत्व राख्दछ र त्यसैले तपाइलाइ जनताको मनमस्तिष्कमा स्थान दिन्छ| सडक दुर्घटनान्यूनीकरणमा र यातायात क्षेत्रलाइ व्यवस्थित र एक्काइसौँ शताव्दीका जनताले अपेक्षा गरेजस्तो बनाउन यहाँलेकस्तो अभियान चलाउनुहुन्छ वा कति उपयुक्त नीति बनाएर कार्यान्वयनमा लैजानुहुन्छ भन्ने कुरामा दुर्घटनाकोत्रासदी र अव्यवस्थाको पिडा भोगिरहेका हामी नेपालीको नजर केन्द्रित रहनेछन | यहाँले यातायात मन्त्रालयकोबागडोर सम्हाल्दैगर्दा जनतामा परिवर्तनको आभास गराउनेगरी काम गरेर इतिहासको यो मोडमा युगले सुम्पेकोजिम्मेवारी कुशलता र निष्ठापुर्वक बहन गर्नुहुनेछ भन्ने हामि आशा गर्दछौं |

तपाईं विश्वका धेरै देशको यातायात व्यवस्थाहरुलाई नेपालको संग तुलना गर्नुभयो भने पाइने एक महत्वपुर्णभिन्नता राज्यको लगानीमा हो |नेपालमा यातायात क्षेत्र लगभग सम्पूर्ण रुपमा निजि क्षेत्रको लगानीमा चलिरहेकोछ |नाफामुखी निजि क्षेत्रले सिन्डिकेटको माध्यमद्वारा व्यवशायमा सामुहिक एकाधिकार कायम गरेपछि खुलाप्रतिस्पर्धाद्वारा गुणस्तर अभिवृद्धि गराउने काम कठिन हुन्छा भन्ने कुराको जानकार यहाँ पक्कै हुनुहुन्छ |राज्यले नागरिक जिम्मेवारी बहन गर्नुपर्ने अति संबेदनसिल क्षेत्रहरु मध्ये यातायात पनि एक हो भन्ने कुरा सायदयहाँलाई सम्झाई रहनु पर्दैन |तर फितलो र कमजोर नियमन तथा अनुगमन नेपालमा सडक दुर्घटनाको एकमहत्वपुर्ण कारण बनेकोछ |गाडी भित्र सिटमा भएका जति यात्रु खालि स्थानमा अनि उत्तिकै संख्यामा यात्रु छतमाराखेर कच्ची, साँघुरो, घुमाउरो अनि उकालो ओरालो सडकहरुमा गुड्ने पुराना गाडीहरुबारे पनि यहाँलाईसम्झाइरहनुनपर्ला |त्यसमाथि सिकारु, कच्चा उमेरका र लाइसेन्स बिनाका चालकहरुले हाक्ने ठुला बसमाखचाखच भरिने यात्रुहरु भगवान भरोसामा हिड्नुपर्ने नियति पनि साच्चै पिडादायी छ |राज्यको कुन निकायलाइकति अधिकार र जिम्मेवारी  दिदा र कस्तो प्रकारको दण्ड, जरिवाना वा पुरस्कारको प्रबन्ध गर्दा यस्ता गल्तिहरुकोनियन्त्रण गर्न सकिन्छ भन्ने पट्टि पनि पक्कै यहाँको ध्यान जानेछ |यसको अलावा यातायातको कर्मकाण्डीअनुगमनलाइ परिणाममुखी बनाउन र नियम पालन नगर्नेहरुलाई तुरुन्त कानुनको दायरामा ल्याउन  र उपुक्तकारबाहीद्वारा भबिष्यमा त्यस्ता काम दोहोरिन नदिने वातावरण बनाउन पनि यहाले साहसिक पहल गर्नुपर्ने देखिन्छ |

राजधानीलाइ बाह्य जिल्ला संग जोड्ने मुख्य सडकको दुरावस्था पक्कै पनि यहाँको नजरबाट छिपेको छैन |दिनहुँजस्तो सवारी साधनले त्रिशुलीमा डुबुल्की मार्दा पनि यो समस्याको दिगो र प्रभावकारी समाधान गर्ने तदारुकता सम्बन्धित निकायबाट देखिएन |

तर समस्या यहाँ मात्र होइन |राजधानीलाइ बाह्य जिल्ला संग जोड्ने मुख्य सडकको दुरावस्था पक्कै पनि यहाँको नजरबाट छिपेको छैन |दिनहुँजस्तो सवारी साधनले त्रिशुलीमा डुबुल्की मार्दा पनि यो समस्याको दिगो र प्रभावकारी समाधान गर्ने तदारुकता सम्बन्धित निकायबाट देखिएन |यति महत्वपुर्ण सडककोत यस्तो दुरावस्था छ भने अन्य सडकहरुको अवस्था जोकोहि ले पनि सहजै अनुमान गर्न सक्छ |नियमित रुपमा निर्दोष नेपालिले ज्यान गुमाउनुको एक विचारणीय कराक तत्व यो पनि हो भन्ने कुरामा कुनै दुइमत छैन |

यी विषयहरुको उठान गर्दै गर्दा हामी नगारिकहरुमा रहेको दायित्वबोधको अभावलाइ पनि नजरअन्दाज गर्न मिल्दैन |जेब्रा क्रसिङ्ग र आकाशे पुल हुँदाहुँदै जथाभावी बाटो काट्ने हाम्रो आफ्नै प्रबृत्तिलाइ के भन्ने ?निजि तथा सार्बजनिक सवारी साधनलाइ मनलाग्दी गतिमा हाक्ने, मनलाग्दी पर्किङ्ग गर्ने ,लेन अनुशासन पालन नगर्ने अनि नियम पालन गर्नुको साटो ट्राफिक को आँखा छल्ने हाम्रा  काम दुर्घटनामा पक्कै जिम्मेवार  छन्  |ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा नागरिक सचेतनाका कतिको  प्राभावकारी कार्यक्रम यहाँको कार्यकालमा आउछन् त्यसको पनि सामयिक लेखाजोखा हुनेछ | सिट पूर्णरुपमा भरिसकेको गाडीमा ठेलम ठेल गरेर चढ्ने प्रवृत्तिको नियन्त्रण पनि सडक सुरक्षाको एक महत्वपुर्ण कदम हुनेछ |

तथ्यपरक रुपमा यहाँ प्रश्तुत गरिएका बिचार यहाले आफुले नेतृत्व गरेको क्षेत्रप्रतिको मिथ्या दोषारोपण वा अनर्गल प्रलाप पक्कै सम्झनुहुनेछैन भन्ने मेरो विश्वास छ |यसको नेतृत्व गर्दैगर्दा यो क्षेत्रमा सामयिक र जनापेक्षा अनुसारको सुधार र परिवर्तन ल्याउने सुझबुझ, दमखम, दृढता अनि साहस यहाँसंग हुनु आवश्यक छ |मन्त्रिको हैसियतले यो क्षेत्रको सुधारको जस र कमजोरीको नैतिक जिम्मेवारी यहाँको हुनेछ |बिदेशमा ठुला दुर्घटना हुँदा नैतिकताको आधारमा यातायात मन्त्रीले राजिनामा दिने गरेको दृष्टान्त सायद यहाँलाई दिइरहनु पर्दैन |हाम्रो देशको यातायात व्यवस्था हेर्दा यातायात सम्बन्धि धेरै सवालहरु दुर्घटनापछि मात्र सतहमा आउने र केहि समयपछि बिर्सिने गरेका छन् | हालै यस सम्बन्धमा भएका केहि निर्णयहरुले अलिअलि आश जगाएपनि  नेपालमा नीति र कार्यन्वयन बीचको अन्तर सधै ठुलो रहने गरेको छ |त्यसैले बनेको नीतिको  कार्यन्वयनको प्रभावकारिताको आधारमा  मात्र यसको मुल्यांकन हुनेछ | यस्तै यातायात क्षेत्रका समस्या समाधानका, यो क्षेत्रको सबलीकरणका, प्रवर्द्धनका प्राभावकारी कार्यक्रम ल्याई परिणाममुखी कार्य गरेर देखाउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ किनकि माथि भने जस्तै यहाँ कतिपटक, कति समय र कुनकुन मन्त्रि बन्नुभयो भन्ने कुराले भन्दा कति जीवन्त मन्त्रि बन्नुभयो भन्ने कुराले बढी महत्व राख्छ |आफ्नो कार्यकाललाइ सम्झनयोग्य बनाउनुहोस शुभकामना छ|