गायिका शान्ति श्री परियारको गोरुसिङ्गेमा दुर्घटना, स्वास्थ्य अवस्था खतरा मुक्त - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गायिका शान्ति श्री परियारको गोरुसिङ्गेमा दुर्घटना, स्वास्थ्य अवस्था खतरा मुक्त



काठमाडौँ । लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनामा परेकी छन् । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कँदै गर्दा उनको दुर्घटना भएको हो । सोमबार राती करिब १:३० बजे कार अनियन्त्रितभइ कपिलवस्तुको गोरुसिङ्गेमा दुर्घटनामा परेकी थिइन ।

दुर्घटना पछि परियारलाई ग्रान्डी हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारपछि अहिले उनको अवस्था खतरा मुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

गायिका शान्ति श्री परियारलाई हस्पिटलबाट डिस्चार्ज गरी घर लगिएको छ, भने उनको हात र ढाडमा चोट लागेको छ ।

पौष २६ गते देखि चलेको ‘नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत् सांस्कृतिक कार्यक्रम २०७५’ माघ ८ गते सम्म चल्ने छ । महोत्सव नेपालगन्ज स्थित कारकाँदो चोकमा भइरहेको छ ।

गायिका शान्ति श्री परियारले उक्त महोत्सवमा सोमबार (हिजो) प्रस्तुति दिएकी थिइन ।