संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो



संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ नेपाली सैनिकको संख्या ६ हजार नाघेको छ। मिनुस्का मिशन मध्य अफ्रिकी गणतन्त्रमा मंसिर २७ गते लाइट इन्फन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरूको तैनाथीसँगै शान्ति मिशनहरूमा नेपाली फौजको तैनाथी संख्या ६०१६ पुगेको हो।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि विश्वमा नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना-कुनामा शान्ति स्थापनार्थ सहभागी भइरहेका हुन्।

नेपाली सेनाका अनुसार ६ दशकभन्दा बढी विश्व शान्ति स्थापनाको यात्रामा नेपाली सेनाले ४४ वटा मिशनहरूमा एक लाख ४२ हजार ५८५ जना सैनिक खटाइसकेको छ जसमा १९८२ जना महिला सैनिकहरूसमेत समावेश रहेका छन्।

विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।