अमेरिका-तालिबान शान्ति सम्झौता: सबै विदेशी सेना फिर्ता - Himal Post Himal Post
  • ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
Logo

अमेरिका-तालिबान शान्ति सम्झौता: सबै विदेशी सेना फिर्ता



एजेन्सी- अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच शान्ति सम्झौता भएको छ।

दोहामा शनिबार भएको सम्झौता अनुसार अब अमेरिका र उसका सहयाेगी देशले १४ महीनामा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्नेछन्।

शनिबार सम्झौता पछि संयुक्त घोषणा पत्रमा १३५ दिनभित्र ८ हजार ६०० सेना अफगानिस्तानबाट फिर्ता लगिने भएको छ । १४ महीनाभित्र सबै सेना फिर्ता हुने बताइएको छ ।

अफगानिस्तानमा अहिले ३९ नेटाे सदस्य देशका सेना रहेका छन् त्यसमा १४ हजार अमेरिकी सेना छन्। २० वर्षसम्म चलेकाे नेटाे सेना र तालिबानबीचकाे युद्धमा लाखाैंकाे ज्यान गएकाे छ भने करीब २५ लाख शरणार्थी भएका छन्।

अघिल्लाे राष्ट्रपतिकाे निर्वाचनमा अफगानिस्तानबाट सेना फिर्ता गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले पुन: राष्ट्रपतिकाे चुनाव नजिकिदै गर्दा सम्झाैतालाई अन्तिम रुप दिएका हुन्।