सन्धिखर्कको शान्ति बगैँचा: चिडियाखाना देखि कैलाश पर्वत सम्म - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सन्धिखर्कको शान्ति बगैँचा: चिडियाखाना देखि कैलाश पर्वत सम्म



– तेजेन्द्र शमशेर पाण्डेय/अर्घाखाँची ।

अर्घाखांचीको सदरमुकाम सन्धिखर्कको मुटुमा रहेको एतिहासिक शान्तिबगैचा विशेष व्यवस्थापनको काम दैनिक जारी छ । सन्धिखर्क नगरपालिका बगैँचालाई विशेष व्यवस्थापन गर्न सक्रिय देखियको छ । नगरपालिकाको ५० लाख लगानीमा काम भइरहेको बगैँचामा चिडियाखाना देखि कैलाश पर्वतको नमुना सम्मका संरचना बन्नेछन् ।

अहिले सम्म गौतम बुद्धको मूर्ती, वाल लगाइ फुलबारी निर्माण ,भित्री बाटा ग्राबेलका काम सकिसकेका छन् । त्यसबाहेक दर्जनौँ थरीका फुलहरू लगाउने काम सम्पन्न भयको छ । माछा प्रदर्शन गर्न निर्माण गरियको पोखरीको काम समेत सम्पन्न भैसकेको निर्माण अनुगमन समितिका एक सदस्य नारायण अर्यालले जानकारी गराए ।

बगैँचा भित्र करिब ७५ ओटा आकर्षक डुम लाइटको काम पनि अन्तिम चरणमा पुगेको छ । पानीको फोहरा सहितको शिवको मूर्तीको काम चलिरहेको छ । बगैँचा भित्र बालबालिकालाई लक्षित गरी बाल उद्द्यानका विभिन्न सामाग्री रहनेछन् ।

कैलाश पर्वतको नमुना झल्कने नमुना पर्वत,हरियाली सुन्दर ग्रिन पहाड,बगैँचाको माथि पट्टि बाट सुरु हुने पानीको झरना समेत शान्तिबगैचामा निर्माण गरिने निर्माण समितिका एक सदस्यले बताए ।

बगैँचाको वरिपरि चाइनिज इट्टा र त्यसमाथि ग्रील लगाइनेछ । बगैँचा भित्र खानेपानीका धारा तथा फोहोर राख्ने ठुला बाल्टीहरू हुनेछन् ।

बगैचालाइ एक नमुना बगैँचा मात्र हैन जिल्लाकै पहिचान बनाउने नगरपालिकाको उद्देश्य छ । नगरपालिकाका मेयर कमलप्रसाद भुसाल ,उपमेयर ठाकुर बि. क. ले पनि बगैँचा सुदृढीकरणमा पूर्ण ध्यान दियका छन् ।

नगरपालिकाको ओडा नम्बर एकका अध्यक्ष सहित अन्य सदस्यहरू पनि बगैँचामा नियमित पुग्छन् ।सदरमुकामको मुख्य स्थानमा रहेको यो बगैँचा दिनप्रतिदिन सबैको चासोको विषय बन्दै गइरहेको छ ।