नेकपा नेतृ चौधरी बोल्दाबोल्दै बेहोस, अस्पताल भर्ना - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेकपा नेतृ चौधरी बोल्दाबोल्दै बेहोस, अस्पताल भर्ना



नेकपा नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

आज विहान करिब ९ बजे तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेपछि उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभो । नेतृ चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखीएको छ ।

कार्यक्रम स्थलबाट प्रादेशीक अस्पतालको दुरी करिब डेढ किलोमिटर टाढा छ । ढले लगत्तै बेहोस भएकी चौधरीको प्रारभीक उपचार पछि होस भने खुलेका छ । नेतृ चौधरीको उपचारमा संलग्न डा. पदमराज अधिकारीले रिर्पोट आएपछि मात्रै उहाँको समस्याकाबारेमा भन्न सकिने बताउनु भयो ।