एसईई परीक्षामा फेल हुने डरले बेहोस भइन शान्ता चौधरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एसईई परीक्षामा फेल हुने डरले बेहोस भइन शान्ता चौधरी



नेकपा सांसद शान्ता चौधरीले आफू एसईई परीक्षाका कारण तनावमा परेको बताएकी छन् ।
उनले परीक्षा नजिकिँदै जाँदा आफूलाई तनाब भएको र सोही कारण बेहोस भएको बताइन् ।

गृहजिल्ला दाङमा आयोजित एक कार्यक्रममा सहभागी भएलगत्तै चौधरी मंगलबार अपराह्न अचेत भएकी थिइन् । स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छन् । एसईई परीक्षा आगामी १० चैतबाट सुरु हुँदैछ ।

नेकपा संसदीय दलकी सचेतकसमेत रहेकी चौधरीले कामको चापका कारण आफूले पढ्नका लागि समय छुट्याउन नसकेको र तनाव बढेको बताइन् । उनले परीक्षा नजिकिँदै गएको विषयले आफूमा तवाब बढेको बताइन् । ‘परीक्षा नजिक आइसक्यो । कहिले संसदको काम त कहिले पार्टीको काममा दौडदाँदौडँदै पढाइमा समय दिन सकिन’, उनले भनिन्, उनले काठमाण्डुटुडेसँग भनिन्, ‘परीक्षामा असफल होइन हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’

उनले पढ्न थालेर गल्ती गरें कि भन्ने पछुतो समेत हुन थालेको सुनाइन् । सांसद भएर पनि एसईईमा फेल भई भनेर खिल्ली उठाउँछन् कि भन्ने चिन्ताले भोक र निन्द्र हराएको बताइन् ।