शंकर पोखरेलले बताए जनतामा ओलीप्रति सहानुभूति बढ्नुको कारण - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

शंकर पोखरेलले बताए जनतामा ओलीप्रति सहानुभूति बढ्नुको कारण



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्री ओलीप्रति जनतामा सहानुभूति बढेको बताएका छन् । पोखरेलले ओलीको कदमको बचाउ गर्दै यस्तो बताएका हुन् ।

उनले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै जनतामा ओलीप्रति सहानुभूति बढदै गएको दावी गरेका छन् ।

एमाले ओली पक्षीय नेतासमेत रहेका उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै जनतामा क ओलीप्रति सहानुभूति बढदै छ।’