काठमाडौंको शंखरापुरमा राप्रपा अगाडी
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाले अग्रता हासिल गरेको छ । नगरप्रमुखका उम्मेदवार रमेश नापितले २ सय ८१ मत पाएका छन् ।
दोश्रोमा एमालेका कृष्णलाल बजगाईले २ सय ७० मत पाएका छन् । तेश्रोमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले २ सय ३० मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका निरज केसीले १ सय १७ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादी र काँग्रेस गठबन्धनका उपमेयरले अग्रता हासिल गरेको छ । काँग्रेस उपमेयरले ३ सय ३१ मत, एमाले उपमेयरले २ सय ७, राप्रपा उपमेयरले २ सय ४ र माओवादी केन्द्रका उपमेयरले १ सय २३ मत पाएका छन् ।
शंखरापुरमा कुल १७ हजार १ सय ४९ मत खसेकोमा यो १ हजार ७५ मत गणना गर्दाको परिणाम हो । हालसम्म वडा नंबर १ मा ५ सय ७५ मत र वडा नंबर ९ मा ५ सय मत गणना भएको छ ।