शंकर पोखरेलको याचना: गर्व गर्न लायक काम गर्न सकिन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

शंकर पोखरेलको याचना: गर्व गर्न लायक काम गर्न सकिन



काठमाडौं- बुधबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आफूले गर्व गर्न लायक काम गर्न नसकेको बताएका छन् । अविश्वास प्रस्तावको सामना गर्न नसकेर राजिनामा दिएका पोखरेलले यस्तो बताएका हुन् ।

३ वर्ष भन्दा बढी मुख्यमन्त्री बनेका पोखरेलले आफूले गर्व गर्न लायक काम गर्न नसकेको बताएका थिए । उनले प्रदेश राजधानी पनि नमुना बनाउने आफ्नो सपना पुरा गर्न नपाएको बताए ।

राजीनामापछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे ।

उनले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताए । पाेखरेलले प्रदेशमा लगानी सम्मेलन गर्ने योजना पनि अधुरै रहेको बताए ।

आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको उल्लेख गर्दै उनले नयाँ बन्ने सरकारलाई पनि सघाउन आग्रह गरे।

कार्यकाल भारी नै विवादै विवादमा आएका पोखरेलले दोस्रोपटक ठुलो दलको हैसियतले मुख्यमन्त्री बन्दा पनि चर्को विवादमा परेका थिए । अहिले भने प्रदेश प्रमुख फेरिएकाले पहिलेको बाध्यताले राजिनामा दिएका थिए ।