तनावमा शंकर पोखरेल: सांसदहरू राजिनामा दिँदै कांग्रेसमा लाग्दै
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अर्को झट्का लागेको छ । मुख्यमन्त्री पोखरेलको गृहजिल्ला घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्।
नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगीले मुख्यमन्त्री पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रका उम्मेदवार कुल प्रसाद केसीको पक्षमा लागेका छन् । बुधबार प्रदेश सभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको बताईएको छ ।
डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिएपछि उनी थप अफ्ठेरोमा परेका छन्। डाँगी यअसघि एमाले भित्र माधवकुमार नेपाल पक्षधर हुन् ।
एकल बहुमतको सरकार बनाएको भन्दै मुख्यमन्त्रीले मन्त्रीमण्डल विस्तार गरिरहे पनि उनकै दलका सांसदले साथ छोड्दै गएका छन् । यसअघि दाङकै विमला वली खत्री माओवादीमा लागिन् भने कपिलवस्तुका दृघनारायण पाण्डे प्रदेश सभा सदस्यबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गरिसकेका छन् ।