हिजो ज्ञानेन्द्रले उचाले, आज प्रचण्डले, देउवा फेरि मोहरा बन्दैछन्: शंकर पोखरेल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

हिजो ज्ञानेन्द्रले उचाले, आज प्रचण्डले, देउवा फेरि मोहरा बन्दैछन्: शंकर पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देउवालाई फेरि मोहरा बनाइँदै गरेको बताएका छन् । उनले देउवालाई हिजो ज्ञानेन्द्रले उचालेको र आज प्रचण्डले उचालेको बताएका छन् ।

महासचिव पोखरेलले सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मोहरा बनाएको पनि बताएका छन् ।

महासचिव पोखरेलले ०५९ सालको जस्तैगरी देउवाले चुनाव टार्न खोजेको आरोप लगाएका छन् । पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए ।

“हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ,” उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्, ” हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।”