चुनावसँग डराएको होइन, गठबन्धनको नियत ठिक छैन: शंकर पोखरेल - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

चुनावसँग डराएको होइन, गठबन्धनको नियत ठिक छैन: शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनप्रति पार्टीको असहमति नभएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नयाँ जनादेश एमालेको चाहना भए पनि विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कू–नियतप्रति भने गम्भीर असहमति रहेको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संसद र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् । उनको प्रस्तावले राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ । सोही विषयमा पोखरेलले यस्तो बताएका हुन् ।

“नेकपा (एमाले)को असहमति अर्ली इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा (एमाले)को चाहना नै हो,” उनले फेसबुकमा लेखेका छन्, “तर विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कू–नियतप्रति भने नेकपा (एमाले)को गम्भीर असहमति रहेको छ ।”