शंकर पोखरेलको सरकार ढल्दै: अविश्वास प्रस्ताव दर्ता हुँदै - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

शंकर पोखरेलको सरकार ढल्दै: अविश्वास प्रस्ताव दर्ता हुँदै



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । अविश्वास प्रस्ताव ल्याउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरेका छन् ।

कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको आफ्ना मुख्यमन्त्री बनाउने सहमति अनुसार गण्डकीसँगै लुम्बिनीमा पनि यस्तो तयारी गरीएको हो ।

स्रोतका अनुसार शुक्रबारसम्म अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीको तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल भैरहेको बताइएको छ ।

लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।