शंकर पोखरेलले भने: हत्या, हिंसा र बलात्कारमा राज्य दोषी छैन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

शंकर पोखरेलले भने: हत्या, हिंसा र बलात्कारमा राज्य दोषी छैन



रुपन्देहीः  प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले राजनीतिक सहज भए पनि सामाजिक परिवर्तन त्यती सजिलो नभएको बताएका छन्। मुख्यमन्त्री पोखरेलले संघीयता कानुनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको बताए।

मुख्यमन्त्री पोखरेलले सरकारको कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे। ‘संघीयता महंगो भयो भन्ने आरोप पनि आएको छ’ उनले भने, ‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि  आएन खोज्न सकेनौँ। तर, छ महिनामै संघीयताप्रति नकारात्मक टिप्पणी आयो। अहिले संघीयताको सफलता र असफलता भनेर मूल्याङ्कन गर्ने समय भइसकेको छैन।’

उनले काम गर्न दिए अहिलेको सरकारले नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याएर देखाउने दाबी गरे।

एउटा प्रसंगमा पोखरेलले समाजमा हुने अपराधमा राज्यलाई दोष दिन नहुँने बताए। उनले भने ‘गल्ती, हेलचेक्र्याइँबाट हुने  घटनालाई राज्यलाई जोडियो। परिवार र समाज पनि सचेत हुनुपर्छ।’

त्यस्तै एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको पनि उनले बताए। मुख्यमन्त्री पोखरेलले पुरानो मानसिकताबाट अविश्वास बढाउन र भ्रम सिर्जना गर्नमा लागेको आरोप समेत लगाए।