माओवादीको महाधिवेशनमा पुगेका शंकर पोखरेललाई पछुतो लागेपछि... - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

माओवादीको महाधिवेशनमा पुगेका शंकर पोखरेललाई पछुतो लागेपछि…



काठमाडौं- माओवादी केन्द्रको महाधिवेशनमा पुगेका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले आफूलाई पछुतो लागेको बताएका छन् । उनले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन्।

आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विभिन्न कारणले एकता जोगिन नसकेको बताएका छन्। “एमाले र माओवादी एकीकरण गर्ने सोच सही थियो, तर विभिन्न कारणले एकता जोगिएन,” पोखरेलले भने, “एकता जोगाउन नसकेकोमा पछुतो छ।”

उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताए। “अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिंडिरहेको छैन,” नेता पोखरेलले भने, “अब नयाँ सोच, नयाँ सङ्कल्पका साथ अगाडि बढ्नुपर्छ।”

अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको बताए। अब नेताहरूको अन्तरकलहका आधारमा नीति बनाउन नहुने उनको भनाइ थियो।