शंकर पोखरेलले दिए प्रचण्ड र पत्रकारलाई कार्यक्रमको निम्तो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

शंकर पोखरेलले दिए प्रचण्ड र पत्रकारलाई कार्यक्रमको निम्तो



काठमाडौं- नेकपा ओली समुहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुटवल आउन निम्तो दिएका छन् । पोखरेलले बुटवलमा हुने सभालाई हेर्न आउन प्रचण्ड र पत्रकारलाई निम्तो दिएका हुन् ।

नेकपा प्रचण्ड-नेपाल समुहले बुधवार राजधानीमा आयोजना गरेको सभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई सभा कस्तो हुन्छा भनेर हेर्न आउन भनेका थिए । प्रचण्डले भनेका थिए, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?’

यसैको जवाफमा मुख्यमन्त्री पोखरेलले सामाजिक संजालमार्फत जनसभा कस्तो हुन्छ हेर्नका लागि बुटवल आउन प्रचण्ड र पत्रकारलाई चुनौती दिएका छन्।

प्रचण्डले बोलेको वाक्यको जवाफ फर्काउँदै पोखरेलले फेसबूकमा लेखेका छन्– ‘देशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई ।’

नेकपा ओली समुहले फागुन १ गते बुटवलमा जनसभा गर्दैछ । यहि जनसभालाई लक्षित गर्दै उनले प्रचण्ड र पत्रकारलाई निम्तो दिएका हुन् ।