शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले हस्ताक्षर गरी उनीविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गरेको बताईएको छ ।
यसअघि पनि पोखरेल आफूविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि एकाएक राजिनामा दिएर पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अघिल्लो सातामात्र संविधान मिचेर मुख्यमन्त्रीको सपथ लिएको भन्दै उनी विवादमा परेका थिए ।
गत १९ गते पोखरेलले दोस्रोपटक मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका थिए ।उनीविरुद्ध ४० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।