शंकर पोखरेललाई आकस्मिक बोलाएर बालुवाटारमा गोप्य सहमति गरेको दाबी - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

शंकर पोखरेललाई आकस्मिक बोलाएर बालुवाटारमा गोप्य सहमति गरेको दाबी



काठमाडौँ- बिहिबार नेपाली राजनीतिमा विकशित घटनाक्रमले नयाँ मोड लिने अवस्था बनेको छ । बिहिबार दिउसोबाट एमसीसी पास गर्नकै लागि गठबन्धन सम्म तोड्न कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग हात बढाएपछि राजनीति तरंगित बनेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस र एमालेका शिर्ष नेताबीच भएको छलफल केहीबेर अगाडी सकिएको छ । छलफलमा एमसीसी सम्झौता अनुमोदन र संसदको अवरोध अन्त्यबारे सहमति भएको बुझिएको छ ।
छलफलमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेको बताइन्छ ।

यता एमालेको तर्फबाट भने अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल थिए । महासचिव शंकर पोखरेल वार्ता सुरू भएको झण्डै एक घण्टापछि बालुवाटार पुगेका थिए ।

बिहिबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा एमालेका तर्फबाट पोखरेलबाहेकका नेताहरु सहभागी थिए । साँझ एमाले अध्यक्ष ओलीले तीन जना उपाध्यक्ष र प्रदेश भ्रमणमा रहेका महासचिव शंकर पोखरेललाई भैरहवाबाट बोलाएर साक्षी राखेर काँग्रेससँग लिखित सहमति गरेको आशंका गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन बुटवल पुगेका महासचिव पोखरेललाई तत्काल काठमाडौं आउन ओलीले उर्दी जारी गरेका थिए । ओलीको उर्दीपछि पोखरेल केही बेरअघि मात्रै काठमाडौँ पुगेका थिए ।

महासचिव विमानस्थलबाट सोझै बालुवाटार पुगेपछि काँग्रेस र एमालेबीच केही गोप्य सहमति गरेको दाबी स्रोतले गरेको छ ।