भूमि आयोग खारेज गर्दा शंकर पोखरेललाई छटपटी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

भूमि आयोग खारेज गर्दा शंकर पोखरेललाई छटपटी



काठमाडौं- संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई छटपटी भएको छ । उनलाई छटपटी भएपछि सामाजिक संजालमा मध्यरातमा आक्रोश ब्यक्त गरेका छन् ।

भुमि आयोग खारेज गर्नु सरकारको लाचारीपन भएको उनले टिप्पणी गरेका छन्। उनले एमालेमाथि रिस उठेको कारण सरकारले यस्तो निर्णय गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका छन्। साथै, गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न समेत मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन्।

‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी हो‚’ उनले लेखेका छन्‚ ‘गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गरौं।’

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।