लोडसेडिङ काण्डले शंकर पोखरेल विवादमा
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले चर्चा र विवादको केन्द्र बनेका छन् । उनले लोडसेडिङ कुलमान घिसिङले हटाएको नभएर प्रधानमन्त्री केपी ओलीले हटाएको गरेपछि सामाजिक संजालमा प्रयोगकर्ताले उनको उछितो काडेका छन् ।
प्युठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले लाजै पचाएर लोडसेडिङ ओलीले अन्त्य गरेको बताएपछि उनलाई कतिपयले नैतिकता नभएका नेता भन्दै आक्रोश पोखेका छन् ।
पार्टी विभाजन भएपछि आफ्ना आफ्ना गुटका भेला डाकेर नेताहरूले कार्यकर्तालाई फकाउन थालेका छन् । यसै क्रममा पोखरेलले तथ्यलाई बंग्याएर लोडसेडिङ हटाएको जस आफ्नो कित्तामा पार्ने खोजेका छन् ।
२०७२ सालमा केपी ओलीको नेतृत्वमा बनेको सरकार हुँदा देशमा १८ घण्टा लोडसेडिङ भएको थियो । जबकी नेपालमा १८ घण्टा लोडसेडिङ त्यो भन्दा अगाडी भएको थिएन । त्यतिबेला ओलीको सरकारमा उर्जामन्त्री टोपबहादुर रायमाझी थिए । ओलीले ९ महिना मात्र सरकार चलाएका थिए ।
त्यसपछि बनेको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरंमा नियुक्ति गरेको थियो । त्यतिबेला सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर बनेका थिए । उनै उर्जामन्त्री शर्माले कुलमानलाई प्राधिकरणमा ल्याएका थिए ।
कुलमानले प्राधिकरणमा नियुक्ति भएको केहि महिनामै नेपाललाई लोडसेडिङ मुक्त गरेका थिए ।
तत्कालिन प्राधिकरणका एमडी मुकेश काफ्ले कुलमान आएपछि आन्दोलनमै उत्रिएका थिए भने तत्कालिन एमालेले कुल्मंको नियुक्तिमा विरोध गरेका थिए ।