शंकर भण्डारीले भने स्वर्गीय नेता खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिन्छु - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

शंकर भण्डारीले भने स्वर्गीय नेता खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिन्छु



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिने बताएका छन् ।

नेता खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई विगतमा पनि साथ दिएको हुँ खड्काको अनुपस्थितीमा पनि साथ दिनेछु भण्डारीले भने । यद्यपी यो एजेण्डालाई निरन्तरता त्यति सहज छैन भण्डारीले भने । हिन्दू धर्मको एजेण्डालाई निरन्तरता दिन सकेमा मात्र स्वर्गीय खड्काको आत्माले शान्ति पाउने समेत भण्डारीले बताए ।

स्वर्गीय खड्काले उठाएको हिन्दू धर्मको एजेण्डा अत्यन्त महत्वपूर्ण विषय छ यस विषयलाई अगाडि बढाउन पार्टीका जिम्मेवार नेताहरु र धार्मिक व्यक्तित्वहरु केही समय पछि छलफल अगाडि आफ्नो योजना रहेको पूर्वमन्त्री समेत रहेका भण्डारीले बताए ।

विश्व माँझ नेपाल र नेपाली पहिचान कायम राख्नका लागि पनि हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिनुपर्ने भण्डारीले बताए । हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिदै गर्दा अन्य धर्म र धर्मालम्बीहरु प्रति गरिने व्यवहारमा कुनै भेदभावपूर्ण व्यवहार नहुने भण्डारीको भनाई रहेको छ ।