शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। मंगलबार प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र कनौडियाको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका साथै विशेष अधिवेशन समेत बोलाउन माग गरिएको छ।

सोमबार ४१ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका थिए।

त्यसको भोलिपल्ट गठबन्धनका तर्फबाट प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्।

माओवादी केन्द्र भनिएकी विमला खत्री ओली एमाले प्रवेश गरेकाले गठबन्धनमा ४० सांसद मात्रै भएका हुन्।