शनिबार १२०१ जना संक्रमित थपिए - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

शनिबार १२०१ जना संक्रमित थपिए



काठमाडौं- नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनहु बढ्दैछ ।

नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन्।