शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।