शम्भु थापाको आरोप: राष्ट्रपति र प्रधानमन्त्रीले लाजै मान्न छोडे
काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले लाजै मान्न छाडेको आरोप लगाएका छन् । थापाले राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् ।
सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले हरहिसाब गरेर निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् ।
‘यो संविधान संविधानसभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन । संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन । यसको संशोधन हुन सक्छ,” उनले भने, “संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । हामी कानुन मान्ने छौँ । कानुन नमान्ने सरकारमा छन् ।’
उनले थपे, ‘किचेनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर हरहिसाब गरेर खेल खेल्नुभएको छ । यो निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नुभएको छ । अदालतमा गएका छौँ । धेरै लामो समयसम्म जोड घटाउ गरेर यो निर्णय लिएका छन् । राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिकहाँ कहाँबाट आयो ?’