काम गर्न नसकेको भन्दै काठमाडौंका मेयर शाक्यले पाए शुन्य नम्बर - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

काम गर्न नसकेको भन्दै काठमाडौंका मेयर शाक्यले पाए शुन्य नम्बर



काठमाडौँ- काठमाडौं महानगरपालिका पूर्वमेयर केशव स्थापितले हालका मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको र उनले अब पनि कुनै काम गर्न नसक्ने बताएका छन् ।

वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले गरेको कामले १०० नम्बरमा ० मात्रै पौने बताएका छन् । आफ्नै पार्टीका नेता समेत रहेका शाक्यलाई खरो आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप कुनै पनि काम गर्न नसकेको उल्लेख गरेका छन् ।

स्थापितले लेखेका छन्, ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो । १०१ योजना मैले ल्याएको हो । मैले दिएको १०१ काम गरे भने मेयर भए । मेयर असफल भए भने निर्मम भएर भन्ने हो ।’

स्थापितले मेयर शाक्यले गरेका कामको कसरी मूल्यांकन भएको छ भन्दै प्रश्न सोध्दै लेखेका छन्, ‘तपाईंको मूल्यांकनमा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० मा ०० दिन्छु ।’

विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख गरेका थुप्रै योजना उनी मेयरमा निर्वाचित भएको तीन वर्ष पूरा हुँदा पनि सुरु भएका छैनन् । कतिपय सुरु भएका योजनासमेत अलपत्र अवस्थामा रहेका छन् ।

शाक्यले चुनावअघि ‘सय दिनमा एक सय एक’ काम गर्ने प्रतिबद्धता व्यक्त, गरेका थिए तर उनका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएका छन् ।