अष्टलक्ष्मी शाक्यले भनिन्: माधव नेपाल अपराधी हुन् - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अष्टलक्ष्मी शाक्यले भनिन्: माधव नेपाल अपराधी हुन्



नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाल अपराधी भएको बताएकि छन् । उनले नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।

शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।

‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यको भनाइ छ ।
आफुले पार्टी फुटाउने काममा हस्ताक्षर गर्न नसक्ने जवाफ दिएको भन्दै उनले जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेको भन्दै त्यस्तो दुस्साहस कसैले गर्न नहुने बताइन् । ‘यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’, शाक्यको भनाइ छ ।