शाक्य आएपछि विद्युत प्राधिकरणलाई ८ अर्ब घाटा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

शाक्य आएपछि विद्युत प्राधिकरणलाई ८ अर्ब घाटा



काठमाडौं- कुलमान घिसिङले कमाण्ड सम्हालेपछि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बनेको नेपाल विद्युत प्राधिकरणलाई यसवर्ष भने ८ अर्ब बढी घाटा भएको देखिएको छ ।

आव २०७६/७७ मा ११ अर्ब ६८ करोड खुद नाफा कमाएको प्राधिकरण एकै वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँ आम्दानीमा खुम्चिन पुगेपछि ८ अर्बबढी घाटा देखिएको हो ।यो वर्षको नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो ।

केहिदिन अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको स्वागतमा भएको कार्यक्रममा प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत हितेन्द्र देव शाक्यले कर कटौतीपछिको खुद नाफा ३ अर्ब ३८ करोड मात्रै भएको जानकारी दिएका थिए ।

विद्युत चुहावट बढेको, आफ्ना विद्युत गृहहरुको उत्पादन घटेको, भारतबाट महंगो विद्युतको आयात बढाउँदा विगत ४ वर्षदेखि वित्तीय अवस्थामा सुधार गरी सबल बन्दै गएको प्राधिकरणको नाफा ओरालोतर्फ लागेको हो ।

विगत ४ वर्षमा बजेटको प्रक्षेपणभन्दा बढी नै नाफा आर्जन गर्न सफल प्राधिकरणले गत आवमा भने ठूलो दरमा नाफा घटाएको हो ।

आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा बेहोरेको प्राधिकरण त्यसपछिका आवहरु २०७३/०७४, २०७४/०७५,२०७५/०७६ र २०७६/०७७ मा क्रमशः एक अर्व ५० करोड, २ अर्व ८५ करोड, ९ अर्व ८१ र ११ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको थियो । ३४ अर्ब ६१ करोडको सञ्चित नोक्सानी धनात्मक बनेको थियो ।