शक्तिशाली बने बादल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

शक्तिशाली बने बादल



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थिति बलियो बन्दै गएको छ ।

एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो । पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ । थापा समूहबाट एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए । जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । नागरिक दैनिकबाट