शाहरुख खानको सेटमा आगलागी
काठमाडाैं– शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को सेटमा आगो लागेको छ। फिल्म सुटिङका लागि तयार पारिएको सेटमा बिहीबार साँझ आगो लागेको भारतीय प्रहरीले जनाएको छ।
मुम्बईस्थित फिल्म सिटीमा रहेको सेटमा आगो लाग्दा फिल्मका मुख्य अभिनेता शाहरुख घटनास्थलमै रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
‘आगलागी हुँदा अभिनेता शाहरुख पनि घटनास्थलमै थिए, आगो लाग्न थालेपछि उनी त्यहाँबाट बाहिरिए,’ भारतीय प्रहरीका उपायुक्त विनय राठौडले बताए, ‘तर घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।’
के कारणले फिल्म सेटमा आगो लाग्यो भन्ने विषय पत्ता लाग्न नसकेको बताइएको छ।
राठौडका अनुसार बिजुलीको तार, बिजुलीबाट चल्ने उपकरण, लाइट, सुटिङका सामान र पर्दामा आगो लागेको थियो।
सुटिङ सेटबाट धुँवाको मुस्लो निस्किएपछि घटनास्थलमा अग्निनियन्त्रक पठाइएको थियो। फिल्म ‘जिरो’ २१ डिसेम्बरमा रिलिज हुने बताइएको छ।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…