अफ्रिदीले गरे वास्तविक उमेरको खुलासा ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अफ्रिदीले गरे वास्तविक उमेरको खुलासा !



एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो ।

आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका छन् । उनले आफ्नो आत्मकथामा वास्तविक जन्म सन् १९७५ रहेको बताएका छन् । तर उनले कुन महिना र गते भने खुलाएका छैनन् ।

अफ्रिदीले यसै साता सार्वजनिक आफ्नो आत्मकथा (गेम चेन्जर) मा यो खुलासा गरेका हुन् । यसअघि उनको आधिकारिक जन्म मिति सन् १९८० मार्च १ रहेको थियो । अफ्रिदीले सन् १९९६ मा केन्या विरुद्ध डेब्यू गरेका थिए । पाकिस्तानबाट उनले २७ टेष्ट, ३ सय ९८ ओडीआई र ९९ टी ट्वान्टी खेल खेलेका छन् ।

अफ्रिदिले १६ वर्षको उमेरमा नै शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए । तर उनको खुलासासँगै उनको त्यसबेला उमेर २१ वर्ष रहेको खुलेको छ ।