मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत



काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। प्रमुख सचेतक बनाएका सिता नेपालीले डाकेको संसदीय दलको बैठकले प्रस्ताव अस्वीकृत गरेको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट गुलाबजंग शाहलाई निलम्बन गरि सिता नेपालीलाई नियुक्त गरेका थिए ।

नेपालीले शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा १९ जना सांसद उभिएपछि प्रस्ताव अस्वीकृत भएको बताइएको छ ।

अविश्वासको प्रस्तावको विपक्षमा अर्थात शाहीको समर्थनमा पूर्वमाओवादीका ११ जना र पूर्वएमालेका ८ जना सांसद उभिएका हुन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षका ११ जना भने बैठकमा अनुपस्थित रहेका थिए।

मतदान अघि अविश्वासको प्रस्तावमाथि छलफल गरिएको र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठक बस्नु भन्दा केहीबेर अघि नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाहीलाई आफ्ना पक्षका गुलावजंग शाहीलाई प्रमुख सचेतकबाट निलम्बन गर्ने निर्णय फिर्ताका लागि आफू एक्लैले हस्ताक्षर गरी लिखित निर्देशन दिएको पत्र सार्वजनिक भएको थियो।