ठगी गरेको समाचारबारे प्रभु शाहले मुख खोले - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ठगी गरेको समाचारबारे प्रभु शाहले मुख खोले



काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको भन्दै समाचार आएपछि उनले यस बिषयमा मुख खोलेका छन् ।

काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको भन्दै उजुरी परेको समाचार प्रकाशित भएपछि उनले त्यस्तो समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सुनियोजित रुपमा आफ्नो नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । उनले पैसा लिएको भनेर आएको समाचारमा कुनै सत्यता नरहेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘यी निराधार, कपोलकल्पित र निकै भ्रामक आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।’

उनले बिना कुनै तथ्य प्रमाण चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न गराउन आग्रहसमेत गरेका छन् ।