मृतकको शवले भरिँदै अमेरिकाका शहर: व्यवस्थापन गर्न चुनौती - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मृतकको शवले भरिँदै अमेरिकाका शहर: व्यवस्थापन गर्न चुनौती



एजेन्सी- कोरोना भाइरसले भयावह स्थिती सृजना गरेको अमेरिकामा शव व्यवस्थापन गर्न कठिनाइ भएको छ ।

दैनिक सरदर २ हजारको ज्यान लिँदै गरेको अमेरिकामा भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन पनि चुनौती बन्न पुगेको छ ।

अधिकारीहरुका अनुसार शवगृहमा अत्याधिक धेरै संख्यामा शव आउने गरेको छ । त्यसमा शव गृहले भार धान्न नसकिरहेको अवस्स्था छ ।

उता सामाजिक दूरीसँग जुधिरहेको परिवारले आफ्ना सदस्यको अन्त्येष्टि गर्ने कुनै सम्भव देख्दैनन् । अमेरिकाका सबैजसो अस्पताल, स्वास्थ्य प्रणाली, कोरोनरको कार्यालय, सबैतिरबाट शवको लाइन मात्रै आउने गरेको मेड अलायन्सले बताएको छ ।

अब कोरोना भाइरसले मृत्यु भएकाहरुको शव कसरी व्यावस्थापन गर्ने भनेर सबै अस्पताल र निजी मेडिकल समूहको चिन्ता बढेको छ ।

उनीहरुले स्टोरेज सुरक्षित गर्न पनि माग गरिरहेका छन्। कतिपयले भने शवलाई षड्न नदिन प्लाष्टिकमा पोको पारेर चर्चको गोदाममा राख्ने गरेका छन् ।

यही अवस्था रहे कोरोना भाइरसको महामारीका कारण अमेरिकामा दुई लाख चालिस हजारको ज्यान जानसक्ने अमेरिकाका स्वास्थ्यविदले अनुमान गरिसकेका छन् ।