२०७६ जेष्ठ १२, आइतवार

शेयर बजारको बिजोग !

March 13, 2019
51 Views

धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार आज रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये वित्त २ दशमलव ७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ । बैंकिङ १० दशमलव ५८, होटल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलव ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बीमा ८९ दशमलव ०५, उत्पादन ३८ दशमलव ८१, अन्य दुई दशमलव ३९, लघुवित्त २१ दशमलव ६१ र जीवन बीमा ७३ दशमलव ५१ विन्दुले घटेको छ ।

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड नौ दशमलव ४६, आशा लघुवित्त वित्तीय संस्था आठ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन् । त्यस्तै हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलव ८७, अरुण कावेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेशनल हाइड्रोपावरका शेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

कथा : बुधनको घोडी
कला/साहित्य
0 shares7 views
कला/साहित्य
0 shares7 views

कथा : बुधनको घोडी

Himalpost Desk - २०७६, १२ जेष्ठ ०५:०६

- मन्दिरा मधुश्री हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो। अनि त अझ बढी नियालेर हेऱ्यो।…

गजल : …. जमाना गयो !
कला/साहित्य
0 shares9 views
कला/साहित्य
0 shares9 views

गजल : …. जमाना गयो !

Himalpost Desk - २०७६, १२ जेष्ठ ०५:०५

- मनु मन्जिल  भीरपाखा फूल फुल्ने जमाना गयो महक बोकी हावा डुल्ने जमाना गयो। वसन्तले हारेर गो' शीतलहरको राज छ…

हतियार बोकेरै प्रदेश राजधानीमा कसरी आइपुगे भारतीय प्रहरी ?
समाचार
0 shares11 views
समाचार
0 shares11 views

हतियार बोकेरै प्रदेश राजधानीमा कसरी आइपुगे भारतीय प्रहरी ?

himal post - २०७६, ११ जेष्ठ २३:११

हेटौँडा : हतियारसहित हेटौँडामा आइपुगेका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको…