सेक्सी बुढाहरू ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सेक्सी बुढाहरू !



-समीर प्रकाश पाण्डे

एउटा फरक अनुभव लिन पाइयो अस्ति । आफूलाई मस्त तरुनो केटा , हट एण्ड हेन्सम ठान्ने म जस्ता तोरी लाउरेको जीवन भन्दा मस्तको रमाइलो जिन्दगी त ती बुढाहरूले जिउछन जस्तो लाग्यो मलाई जसलाई हामी उमेर ढल्केका बुढाहरू भन्छौ ।

कामको सीलशिामा मैतिदेवी एरियामा थिए । साइटमा कामदार नभएकोले केही समय मैतीदेवी मन्दिर प्राङ्गणमा केही क्षण बस्ने सोंच बन्यो ।

बसीरहेकै स्थान नजिकै जिन्दगीको आधा सताव्धी बिताई सकेका केही व्यतिहरू आफ्नै गफ मा मस्त छन् । हरेक वाक्य पिच्छे मु… शब्द प्रयोग गर्ने एक अध वैशे व्यक्तिको कुराले कति कति बेला मेरो आँखा उनी
तिरे जान्थे ।

आफ्नो आसपासका केही तरुनीहरू भन्दा ती व्यक्ति का कुराहरू ले मलाई चासो बढाई रहेको थियो ।

कुनै प्रसङ्गवश अर्को व्यक्तिको कुरा काट्दै “ ह्या मु..! सुत्केरीको पिडा आइमाईलाई मात्रै थाहा हुन्छ । ” भन्ने वाक्यांश बडो जोडतोडका साथ बुढाले बोले ।

छोटो मोटो शरीर , माथि पट्टि हाईनेक अनि तल पट्टी हाफ पाइन्ट लगाएका ती व्यक्ति जिन्दगीको मध्यान्तरमा पनि बडो जोसिला देखिन्थे ।

जिन्दगीका अनेकन खडेरी र वर्षा सहेका व्यक्तिका अनुभवका गाथा सुन्ने समय सायद कसैलाई छैन होला यस सहरमा । तर पनि मौका संयोगले यस्ता अवसर जुट्दा म भने केही समय उनीहरू सँग बिताउने इच्छा राख्ने व्यक्ति परे ।

उनीहरूका आफ्नै गौरव गाथाहरू छन् , आफ्नै अनुभव छन् र आफ्नै इच्छा अनि संबेगहरू पनि छन् । उनीहरू बिचका अन्तर संवादमा म साक्षी मात्रै थिए ।

आफूलाई चित्त वुज्दो कुरो आयो भने उनीहरू तिर फर्कन्थे, उनीहरू पनि यदा कद म तिर हेर्थे अनि मुस्कुराउने गर्थे । मन्दिरका छेउछाउका पेटीहरूमा आफ्नै धुनमा व्यस्त नव किशोर किसोरीहरू, चारोका लागी यताउता गरिरहेका परेवाहरू यी सबै कुरा हरू भन्दा फरक थिए ।

यत्तिकैमा मेरो फोनको घण्ट बज्यो म फोन कुराकानीमा व्यस्त हुँदा उनीहरू कति खेर उठेर हिँडे मलाई हेक्का नै रहेन । यताउति हेरी रहेँ कतै उनीहरू देखाएनन् तर म भने उनीहरूका बिचका अन्तर संवादका विषयवस्तुमा अझै घोत्लिदै छु ।

साँच्चै संंसारमा मानिसका आफ्नै भोगाई अनि रोजाई हुन्छन् । म आफू अगाडी कुनै राम्री तरुनी हिँडेको देख्दा जिब्रो पडकाउदै जिस्काउन रहर गर्ने मान्छे हु । सायद मेरो उमेरका हरेक पुरुष म जस्तै हुन्छन् । अनि मैले अघि देखेका अङ्कल आईटमहरू चैँ सबै उस्तै । मुखबाट निस्कने गफैले संसारको खुसी किन्ने बुढ्यौली बैँस ।

हम्रोे घर देखी अलिकति माथि एउटा भव्य घर छ । पञ्चायतकालका प्रधान बाजेको घर हो त्यो । छोराहरू स्वास्नी टिपेर सहर बस्न थाले पछि प्रधान बुढा कान्छीलाई काखी च्यापेर त्यही बुढो घरमा रमायका छन् ।

उसो त बुढा सत्तरी पार गरेका सेक्सी बाजे हुन तर आफूलाई जवान देखाउन अझै कपालमा कालो मेहन्दी लगाएरै हास्छन । लौरोकी सहारामा हिँडडुल गर्ने बाजेको सामु हामी उभिनु पर्छ , नक्कली दाँत देखाएर गलललल हास्छन अनि भन्छन् “ तेरा जस्ता दिनमा हामी छोट्टी बस्न रोधीघर जान्थ्यौ , तिमीहरू साला एउटीका लागी सारा जीवन बर्बाद गर्छौ । ”

बाजेको आशय हुन्थ्यो कि केटीका लागी समय बर्बाद गर्नु हुँदैन । उनी जसलाई मन पराउथे , उसैलाई उडाउथे र त बाजा बजायरै बाजेका पाँच वटा थिए रे । गोप्य त कति हो कति ।

हामी उमेर ढल्कदै गएस् जवानीलाई बाई बाई गरेको ठान्छौ तर हाईन रहेछ । आफ्नो उमेर मिल्दो सँग जवानी साटासाट गर्न झन् बढी आतुर हुँदो रहेछ जीवन । दाँत झरेको थोते गिजाले भर्खर कि तरुनीका गाला टोक्न रहर गर्ने बाजेहरूको छेउमा बसेर फोहर शब्द निकाल्दै आफ्ना दौँतरीहरू सँग गफीएको एक पटक सुन्नुस् त ! अनि आउँछ जिउनुको असली मजा ।