राष्ट्र बैंकले ब्यापक घटायो बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

राष्ट्र बैंकले ब्यापक घटायो बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क



काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणीसँग आफूखुसी सेवा शुल्क बन्देज लगाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै सेवा शुल्क निर्धारण गरेको छ । सेवा शुल्कमा बैंक तथा वित्तीय संस्थाले ऋणीमाथि अन्याय गरेको गुनासो आएपछि राष्ट्र बैंकले सीमा नै तोकेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कुल कर्जाको ०.२५ प्रतिशत, विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १.५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।