१२ जना दृष्टिविहीनलाई सेतो छडि वितरण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

१२ जना दृष्टिविहीनलाई सेतो छडि वितरण




हिमाल पोष्ट / बुटवल, १७ माघ । लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडि वितरण गरेको छ । क्लबले परासीस्थित आदर्श माविमा अध्ययनरत १२ जना  दृष्टिविहीनलाई सेतो छडि वितरण गरेको हो ।

यस्तै क्लबले उनीहरुलाई संगीत सामग्री पनि प्रदान गरेको छ । क्लबले सोमबार नै उक्त विद्यालयमा निःशुल्क आंखा परीक्षण शिविर समेत सम्पन्न गरेको छ । शिविरमा करिब ५ सय जनाले आंखा परीक्षण गराएका र चश्मा लगाउनुपर्ने भएकालाई निःशुल्करुपमा चश्मा समेत प्रदान गरिएको क्लबकी अध्यक्ष अमृता कालिराजले जानकारी दिइन् ।

लायन्स डिस्ट्रिक्ट ३२५ बी २ नेपालका सेकेण्ड भीडीजी सुनिल वझाको प्रमुख आतिथतामा भएको कार्यक्रममा पीडीजी अरुणप्रताप राणा, रिजन चेयर पर्सन महेन्द्र ध्वजू, जोन चियर पर्सन राधिका भुसाल, क्लबकी प्रथम उपाध्यक्ष अनामिका घिमिरे, कार्यक्रम संयोजक सुष्मा केसी,सचिव तुल्सा सिंह लगायतले मन्तव्य राखेका थिए ।