सेरेनालाई १७ हजार अमेरिकी डलर जरिवाना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सेरेनालाई १७ हजार अमेरिकी डलर जरिवाना



काठमाडौं–अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले १७ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । खेलको नियम तोडेबापत उनले यो जरिवाना तिर्नुपर्ने भएको हो ।

युएस ओपन टेनिसको फाइनलको क्रममा सेरेनाले अम्पायरलाई ढाँट र चोर भन्नुका साथै अरु नियमहरु तोडेकी थिइन् । सेरेनाले खेलपछि आफूले कोर्टमा महिला भएकै आधारमा फरक व्यवहार सहनु परेको पनि बताएकी थिइन् ।
सेरेनालाई हराउँदै जापानकी २० वर्षे नाओमी ओसाकाले उपाधि जितेकी थिइन् ।