हेलिकोप्टर दुर्घटनामा ताइवानका सेनापतिको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हेलिकोप्टर दुर्घटनामा ताइवानका सेनापतिको मृत्यु



काठमाडौं- ताइवानका सेनापतिको मृत्यु भएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी सेनापतिको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको थियो।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए।

यसअघि रक्षा मन्त्रालयलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी बेपत्ता भएको जनाएका थिए।