सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिङ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिङ



‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’

नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ ।

कूटनीतिक, राजनीतिक र बिचौलिया (केही व्यापारीहरू) मार्फत युक्रेनले पहल थालेको हो ।

युक्रेन हेलिकप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ ।

सेनाले यसअघि एमआई–१७ खरिदगर्ने जनाइसकेको छ ।

उक्त कम्पनीलेनेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको खबर आजकोकान्तिपुरमा दैनिकमा छ ।