कैलालीमा पनि सेनाको गतिबिधि बढ्यो: केको तयारी हुँदैछ ? - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

कैलालीमा पनि सेनाको गतिबिधि बढ्यो: केको तयारी हुँदैछ ?



धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाले विभिन्न क्रियाकलाप गरेको छ ।

बख्तरबन्द गाडीसहित सडकमा निस्किएको सेनाको कारण स्थानीयहरू त्रसित बनेका थिए । नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर आमहडताल सफल पार्न प्रदर्शन गरिरहेको बेला नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा निस्किएको हो।

नेपालगन्जदेखि अत्तरियामा आएका बख्तरबन्द गाडी केहीबेर रोकिए भने त्यसपछि धनगढीतर्फ लागे । चारवटा बख्तरबन्द गाडी धनगढीस्थित बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा गएका छन्।

सेनाका गाडी सडकमा देखेपछि मानिसहरूले फोटो सामाजिक संजालमा भाइरल बनाएका थिए । हड्तालकै दिन सेना बैर देखिनु अर्थपूर्ण रहेको धेरैले ट्वीट गरेका थिए ।