सेल्डन काटरेलको कईदाको 'सिस्टम' - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सेल्डन काटरेलको कईदाको ‘सिस्टम’



एजेन्सी । हरेक खेलाडीको आ–आफ्नो सेलेब्रेसन शैली हुन्छ । क्रिकेटमा विकेट हात पार्दा होस वा शतक, अर्धशतक प्रहार गर्दा होस अथवा फुटबलमा गोल गर्दा हरेक खेलाडीले फरक फरक शैलीमा खुसी ब्यक्त गर्छन् ।

यस्तै वेष्ट इण्डिजका सेल्डन काटरेलले सधैं विकेट हात पारे पछि आर्मीले सेलुट गर्ने शैलीमा रमाउने गर्छन् । यसको पछाडीको राज वेष्ट इण्डिजका पुर्व प्रशिक्षक स्टुअर्ट लले खुलाएका छन् ।

काटरेलले आफ्नो विकेटमा जमैकाका आर्मीको सम्मानमा सेलिब्रेसन गर्ने गर्छन् । हिजो भएको विश्वकपको दोस्रो खेलमा उनको सेलिब्रेशन अस्ट्रेलियाको सुरुवातका २ खेलाडीलाई आउट गर्दा समेत देखिएको थियो ।

उनले डेभिड वार्नर र आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई सस्तैमा पोविलियनको बाटो देखाएका थिए ।

भित्रि कुरामा जाने हो भने कट्रेल जमैकन आर्मीका एक सदस्य हुन् ।

’काटरेलले राष्ट्रकालागि खेल्न सैनिक अफिसरसंग अनुमति लिने गर्छन् ।’ स्टुअर्ट लले बीबीसीलाई भने, ’उनी आर्मीका निकै फुर्तिला सैनिक हुन । त्यसैले उनलाई वेष्ट इण्डिजबाट खेल्न अनुमति चाहिन्छ । यो उनको बिग बोसका लागि सम्मान हो ।’

‘बिपक्षी खेलाडीलाई निराश बनाउँदा उनले सम्मान पस्केका हुन् ।’ उनि थप्छन् ।

काटरेलले अस्ट्रेलियाबिरुद्द पहिलो चार ओभरमा ११ रन खर्चेर २ विकेट हात पार्दा अस्ट्रेलियाले ५ विकेट गुमाएर ७९ रन मात्र बनाएको थियो ।

यद्दपी नटिङ्घममा भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले पराजित गरेको थियो ।