ट्रम्पले भने: भारत-चीनको सीमा विवाद मिलाउन मध्यस्तता गर्न तयार छु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ट्रम्पले भने: भारत-चीनको सीमा विवाद मिलाउन मध्यस्तता गर्न तयार छु



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्वीट गर्दै भारत र चीनको बिचमा आफूले मध्यस्थता गर्न चाहेको बताएका छन् ।

उनले पछिल्लो समय भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा मध्यस्तता गर्न आफू तयार रहेको बताएका हुन्।

ट्रम्पले भनेका छन् मेरो तत्परताबारे मैले दुवै देशलाई बताएको छु । उनले त्यसका लागि आफ्नो तत्परताबारे भारत र चीन दुवै पक्षलाई जानकारी गराएको पनि पनि जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्रम्पले सो जानकारी सार्वजनिक गरेका हुन्।

हाल भारत र चीनबीच लद्दाख क्षेत्रमा गम्भीर विवाद भैरहेको छ । दुबैदेशले सेनाको संख्या बढाएका छन । त्यतिमात्र होइन बुधबार चीनका राष्ट्रपति सीले सेनालाई युद्धको लागि तयार हुन निर्देशन दिएका छन् ।